विराट र पाण्ड्यालाई पनि कोरोनाको प्रोटोकल तोडेको आरोप

भारतीय क्रिकेट कप्तान विराट कोहली र अलराउण्डर हार्दिक पाण्ड्याबीच कोरोनाको नियम तोडेको आरोपमा कार्यवाही हुनसक्ने सम्भावना बढेको छ। 

अस्ट्रेलियाको मिडियाले कोरोनाको प्रोटोकल तोडेर सिड्नीको एउटा पसलभित्र उभिएको कोहली र पाण्ड्याको फोटो प्रकासित गरेको छ। पसलको कर्मचारीसँग खिचिएको फोटोमा दुबै खेलाडीले मास्क लगाएका छैनन्। 

अहिले कोहली श्रीमतीको प्रिनेन्सीका लागि छुट्टि लिएर भारत फर्किएका छन्। 
यसअघि भारतीय टिमका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा, ऋषभ पन्त,, शुभमन गिल, पृथ्वी शाँ र नवदीप सैनीमाथि पनि कोरोना नियम तोडेको आरोपमा छानवीन भइरहेको छ। 

भारतीय टिम तीन एकदिवसीय, तीन टि–२० र ४ टेस्टको शृंखला खेल्न अस्ट्रेलियामा छ। भारतले एकदिवसीय शृंखला १–२ ले हारिसकेको छ। 

टि–२० २–१ ले जितेको थियो। दुई टेस्ट १–१ को बराबरीमा छ। बाँकी दुई टेस्ट हुन बाँकी छ। तेस्रो टेस्ट ७ जनवरीबाट सुरु हुदैछ।

प्रकाशित मिति: : 2021-01-04 16:59:00

प्रतिकृया दिनुहोस्