कञ्चनपुर घटना : भारत सरकारसँग विरोध प्रकट गर्न थापाद्वारा सरकारको ध्यानाकर्षण

बिएल संवाददाता

काठमाडाै‌ं

राप्रपाका अध्यक्ष कमल थापाले सोमबार साँझ भारतीय सुरक्षाकर्मीको गोली लागेर दोधाराचाँदनी–१ का अन्दाजी १६ वर्षीय नरेन्द्र लुहार घाइते भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन्। 

मंगलबार सामाजिक सञ्जालमार्फत उनले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमाक्षेत्रमा एक नेपालीलाई गोली प्रहार गरी घाइते बनाएको घटनाप्रति घोर भत्सर्ना गरेका हुन्। 

उनले घटनाको छानबिन गर्न,भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न सरकारको ध्यान आकर्षित गरेका छन्।

उनले भनेका छन्,‘कञ्चनपुरको दोधारा चाँदनी नपास्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार साँझ १६ वर्षीय नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भत्सर्ना गर्दछु। घटनाको छानबिन गर्न,भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न सरकारको ध्यान आकर्षित गर्दछु।’
 

प्रकाशित मिति: : 2021-01-05 12:18:00

प्रतिकृया दिनुहोस्