जान्हवी कपुरले किनिन् ३९ करोडमा घर

श्रीदेवीकी छोरी जान्हवी कपुरले मुम्बईको महंगो जुहु क्षेत्रमा ३९ करोड रुपैयाँमा घर किनेकी छिन्। उनले बलिउड स्टार अमिताभ बच्चन, अनिल कपुर, अजय देवगन र एकता कपुर बसोबास गर्ने क्षेत्रमा घर किनेका भारतीय अखबारले बताएका छन्। 

जिक्यु इन्डियाको रिपोर्टअनुसार जान्हवीले ४ हजार १ सय ४४ वर्गफिटमा फैलिएको घर किनेकी हुन्। उनले १४, १५ र १६ तल्लामा घर किनेकी हुन्। जान्हवीले १० डिसेम्बरमा यो घर किनेकी हुन्। यसका लागि उनले ७८ लाख रुपैयाँको कर जितेकी थिइन। जान्हवी यसअघि लोखण्डवालामा भएको बुवा बोनी कपुर र बहिनी खुसीसँग बस्थिन्। 

जान्हवीले २०१८ मा शशांक खेतानको निर्देशनमा बनेको फिल्म ‘धडक’ बाट बलिउडमा डेब्यु गरेकी थिइन। उनले ओटीटी प्लेटफर्म नेटफ्लिक्सबाट रिलिज भएको ‘घोस्ट स्टोरिज’ र ‘गुञ्जन

सक्सेनाः द कारगिल गर्ल’ मा पनि अभिनय गरेकी थिइन। 

उनको दुई वटा फिल्म ‘रुही अफजाना’ र ‘दोस्ताना २’ रिलिजको नजिकै छ।

प्रकाशित मिति: : 2021-01-06 07:50:00

प्रतिकृया दिनुहोस्