कोहलपुर ओपन क्रिकेट: तीन टिम क्वाटरफाइनलमा प्रवेश

बिएल संवाददाता

काठमाडाै‌ं

कोहलपुरमा जारी ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ अन्तर्गत दोश्रो दिन सम्पन्न तीन वटा खेल भएका छन्। 

प्रस्तावित कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा  भइरहेको प्रतियोगितामा तीन टिम विजयी भएक हुन्।  

प्रतियोगिताको दोस्रो दिन भएका खेलमा च्याम्पियन्स स्पोर्ट्स क्लब, कोहलपुर क्रिकेट एकेडेमी र बिबि वारियर्स विजयी  भएका थिए।  

ती तिनै टिम क्वार्टर फाइनलमा प्रवेश गरेका हुन्।  मंगलबार पहिलो खेल च्याम्पियन्स स्पोर्ट्स क्लब र  रनियारपुर स्पोर्ट्स क्लब बीच भएको थियो।  

च्याम्पियन्सले रनियारपुर स्पोर्ट्स  क्लवलाई ६ विकेटले पराजित गर्यो। पहिले ब्याटिंग गर्दै रनियारपुरले दिएको ११० रनको लक्ष्य च्याम्पियन्सले ४ विकेट गुमाएर १४.५ ओभरमा पुरा गर्यो।

च्याम्पियन्सको लागि रोहन केसीले सर्वाधिक ५५ रन तथा सोम शर्माले अविजित ४३ रन बनाए। 

खेलको प्लेयर फ द म्याच अलराउण्ड योगदान दिएका च्याम्पियन्स क्लबका सोम शर्मा चुनिए। दोश्रो खेलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमी ( केसीए ) ले ढकेरी किंग्सलाई १३९ रनले पराजित गर्यो। 

कोहलपुरले पहिले ब्याटिंग गर्दै दिएको २०० रनको लक्ष्य पछ्याउने क्रममा ढकेरीले निर्धारित १५ ओभरमा ६० रन मात्र बनाउन सक्यो। ढकेरीको लागि संजय खड्काले सर्वाधिक १६ तथा भिम बहादुर खत्रीले १५ रन बनाए। 

कोहलपुरको बलिंगमा रोशन शाहले २ विकेट तथा सुजल केसी र लभकुश यादवले १/१ विकेट लिए। खेलको प्लेयर अफ द म्याच कोहलपुर क्रिकेट एकेडमीका शिव डाँगी चुनिएका थिए। 

तेश्रो खेलमा बिबि वारियर्सले रझेना टर्मिनेटरलाई ९१ रनले पराजित गरेको हो।  प्रतियोगिता अन्तर्गत बुधबार पनि तिन वटा खेलहरु हुनेछन्।

प्रकाशित मिति: : 2021-01-06 11:53:00

प्रतिकृया दिनुहोस्