सर्लाहीमा जलेर एक जना बालकको मृत्यु भएको छ l जिल्लाको मिर्चैया नगरपालिका ७ बस्ने रसिद राईनका ८ वर्षीय छोराको मृत्यु भएको हो l
जाडो छल्नको लागि घरमा बालिएको घूरबाट आगो सल्किँदा उक्त बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ l
आगलागीबाट मानवीय क्षति हुनुको साथै आर्थिक क्षतिसमेत भएको छ l आगोबाट घरमा रहेका सरसामान जल्दा करिब ५ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जानाएको छ l