ओलीकाे ठाउँमा म प्रधानमन्त्री भएकाे भए राजीनामा दिन्थें: वामदेव गौतम (भिडियाे)

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफूविरुद्ध अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने तर्क गरेका छन्।  

बिहीबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै गौतमले, ‘म भएको भए, त्यो अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै राजीनामा दिन्थेँ।’ 

पार्टीमा अल्पमतमा परेपछि राजीनामा दिनुपर्नेमा प्रधानमन्त्रीले संसद भंग गरेको उनले आरोप लगाए। उनले भने, ‘प्रधानमन्त्रीसामू पार्टी एकता जोगाउने अन्तिम पटक अवसर थियो ।’

गौतमले प्रचण्ड–नेपाल नेतृत्वको समूहले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा आफूलाई थाह नदिएको भन्दै दुवै पक्षसँग असन्तुष्टि व्यक्त गरे।

 ‘त्यसैले मैल समर्थन गरिनँ। असंवैधानिक भनेँ। अहिले चुप लागेको छु किनभने यो मुद्दा अदालतमा छ,’ उनले भने।

यसअघि प्रधानमन्त्रीको आलोचना गर्ने गुटमा बसेर आफूले अविश्वासको प्रस्ताव असफल पारेको स्मरण समेत उनले गरे।  

आफू प्रधानमन्त्रीको कटु आलोचकसँगै मित्र पनि भएको भन्दै उनले प्रतिनिधिसभा भंग गर्दा आफूलाई नसोधिएको उनले बताए। उनले भने, ‘यसपटक अविश्वासको प्रस्ताव लैजाँदा मलाई सोधिएन। त्यसैले अहिले म कुनै पनि पक्षमा छैन।’

प्रकाशित मिति: : 2021-01-07 13:45:00

प्रतिकृया दिनुहोस्