अमेरिका पढाइदिन्छु भन्दै ५३ लाख रुपैयाँ ठगी गर्ने ‘विद्या सरकार’ दैलेखबाट पक्राउ

Breaknlinks
Breaknlinks

अमेरिका पढाइदिन्छु भन्दै ५३ लाख रुपैयाँ ठगी गर्ने विद्या शर्मा उर्फ ‘विद्या सरकार’लाई पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यलय दैलेखले २४ वर्षीया शर्मालाई बिहिबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यलय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुप श्रेष्ठका अनुसार विद्याले आफु अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको नेपालको सीईओ भएको बताउँदै दैलेखका दुई जना युवालाई ठगी गरेको आरोपमा पक्राउ गरिएको हो। 

‘कोरोना भाइरसको संक्रमणको समयमा दैलेखको नारायण नगरपालिकामा स्वास्थ्य सामग्री र त्रिपाल, पञ्जा, स्यानिटाइजर वितरण गर्ने क्रममा आफ्नो अमेरिका भिषा लागेको ८/१० जना युवालाई अमेरिका लानुछ भनेर ठगेको पाइएको छ,’ डीएसपी श्रेष्ठले भने,‘ उनले प्रलोभनमा पारी ठगी गरेको पाइएको छ।’

उनले कार्तिक १४ गते नारायण नगरपालिका–१ नयाँबजार बस्ने मनोज थापाबाट ग्लोबल आइएमईमार्फत् ९० हजार र विवेक थापाबाट बैशाखदेखि असोजसम्म पटकपटक गरि ५२ लाख १४ हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ।

त्यसपछि सम्पर्क विहिन भएकी विद्या सरकारविरुद्ध दैलेखकी तप्तकुमारी थापाले जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो। 

त्यस लगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको थियो। 

दैलेख प्रहरीले अदालतबाट ७ दिनको म्याद थप गरि थप अनुसन्धान गरिरहेको जनाएको छ। 

उनले आफू सिंगापुर रेडक्रस सोसाइटीको सीईओ बताउँथिन्। कर्मचारी भन्दै अरु दुई जनालाई पनि दैलेख लगेकी थिइन्। उनको फेसबुक प्रोफाइलले ठूलै मान्छे हुन् भन्ने भ्रम छर्नलाई थप बल पुर्‍यायो। उनले पूर्वराजा, शीर्ष नेता, कलाकारदेखि प्रहरीसँग खिचेका फोटा फेसबुकमा पोस्ट गरेकी छन्।

विभिन्न व्यक्तिलाई ठगी गरेकी विद्याविरुद्ध सुनसरी जिल्ला प्रहरी कार्यलयमा पनि ठगीको मुद्धा परेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-01-07 17:15:00

प्रतिकृया दिनुहोस्