संसद विघटनविरुद्ध नेविसंघले गर्‍याे ‘उल्टो हिँडेर’ प्रदर्शन (भिडियाे/तस्वीरहरु)

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघले सरकारकाे कदमविरुद्ध काठमाडौंमा उल्टो हिँडेर विरोध प्रदर्शन गरेको छ। 

नेविसंघ केन्द्रीय समितिले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार सरकारविरुद्ध इतीघरदेखि बानेश्वरसम्म ‘उल्टो हिँडेर’ प्रदर्शन गरेकाे हाे। 

नेविसंघले प्रतिनिधि सभाको पुनर्स्थापनाको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत माग गरेका छन्।

प्रदर्शनकारीहरुले उल्टो सरकार मुर्दावादको नारासमेत लागेका थिए।

प्रकाशित मिति: : 2021-01-08 14:28:00

प्रतिकृया दिनुहोस्