संसद विघटनको विरोधमा नेकपा (प्रचण्ड) निकट अनेरास्ववियूकाे बयलगाडा प्रदर्शन (फाेटाे फिचर)

बिएल संवाददाता

काठमाडाै‌ं

संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा (प्रचण्ड) निकट अनेरास्ववियूले बयलगाडासहित प्रदर्शन गरेको छ।

आइतबार थापाथली इन्जिनियरिङ क्याम्पसमा भेला भएर विद्यार्थीहरुले बयलगाडासहित प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका थिए। 

थापाथली क्याम्पस परिसरबाट बयलगाडासहित विद्यार्थीहरु सडकमा आउनासाथ प्रहरीले उनीहरुलाई तितरबितर पारेको थियो।

विगतमा ओलीले ‘गणतन्त्र ल्याउछौं भन्नु बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेको, तर नेपालमा गणतन्त्र स्थापना भएको र अहिले ओलीले गणतन्त्रको उपलब्धीलाई संकटमा पार्ने गरी संसद विघटन गरेकाले त्यसको विरोधमा बयलगाडासहित प्रदर्शन गरिएको  अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङले बताए।

संसद विघटनको विरोध गर्दै नेकपा (प्रचण्ड) निकट अनेरास्ववियू हाल दोस्रो चरणको आन्दोलनमा छ।

प्रकाशित मिति: : 2021-01-10 16:48:00

प्रतिकृया दिनुहोस्