चेल्सी एफए कपकाे चौथो चरणमा

चेल्सी एफए कपकाे चौथो चरणमा प्रवेश गरेकाे छ। 

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा मोरक्याम्बविरुद्ध ४–० ले विजयी हुँदै चेल्सी  एफए कपको चौथो चरणमा प्रवेश गर्न सफल भएकाे हाे।

चेल्सीको जितमा वेर्नरसँगै मासन माउन्ट, कलुम हड्सन ओडोइ र काई हाभर्टजले गोल गरे।

चेल्सीले खेलको १८औं मिनेटमा मासन माउन्टको गोलबाट अग्रता लिएको थियो। उनले कलुम हड्सन ओडोईको पासमा गोल गरेका थिए। ४४औं मिनेटमा हाभर्टजको पासमा वेर्नरले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

४९औं मिनेटमा हाकिमी जियाचको पासमा कलुम हड्सन ओडोईले गोल गर्दै चेल्सीलाई फराकिलो जिततर्फ अग्रसर गराए। 

खेल सकिन ५ मिनेट बाँकी रहँदा कप्तान सिजर एज्पिलिक्वेटाको पासमा हाभर्टजले गोल गर्दै चेल्सीलाई ४–० को फराकिलो जित दिलाए।

प्रकाशित मिति: : 2021-01-11 08:37:00

प्रतिकृया दिनुहोस्