चीनमा एक सुनखानी विष्फोट हुँदा २२ मजदुर सुरुङमा थुनिए

बिएल संवाददाता

काठमाडाै‌ं

चीन एक आइतबार सुनखानी विष्फोट हुँदा सुरुङमा २२ मजदुरहरु थुनिएका छन् ।

ग्लोबल टाइम्सका अनुसार शाङडोङ प्रान्तको सिचेङमा रहेको सुरुङमा उनीहरु थुनिएका हुन्।

मजदुरहरुको उद्धारको लागि उक्त स्थानमा उद्धार टोली पठाइएको छ।

तर अहिलेसम्म थुनिएका मजदुरहरुसँग अधिकारीहरुको सम्पर्क हुन नसकेको समाचारमा जनाइएकाे छ।

विष्फोटको कारण सुङभित्रको कम्युनिकेसन सिग्नलमा पनि क्षति पुगेकाले भित्र थुनिएका मजदुरहरुसँग सम्पर्क हुन नसकेको हो।

यसअघि गत डिसेम्बरमा महिनामा पनि चीनको चोङकिङ सहरस्थित एक खानीमा विष्फोट हुँदा १८ मजदुरहरुको मृत्यु भएको थियो।

त्यस्तै गत सेप्टेम्बरमा पनि चोङकिङकै एक कोइला खानीमा थुनिएका १६ जनाको अत्यधिक कार्बन मोनोअक्साइडको कारण निधन भएको थियो।

 

प्रकाशित मिति: : 2021-01-12 12:15:00

प्रतिकृया दिनुहोस्