चेतन मानन्धरका हत्यारा पाँच वर्षपछि पक्राउ

रिसिइवी साध्न पाँच वर्षअघि खुडा प्रहार गरी चेतन मानन्धरको हत्या गरेकाे आराेपमा थप दुई जना पक्राउ परेका छन् । २०७२ असार २८ गते नेपालगञ्ज ८ का मानन्धरको हत्यामा संलग्न मध्येका दुई जना पक्राउ परेका हुन् ।  

उनीहरुसहित कुल १५ जनालाई उच्च अदालत तुल्सीपुर नेपालगञ्जले इजालासले २०७६ माघ २८ गते जन्मकैदको फैसला गरेको थियो ।  

यीसहित अहिलेसम्म १२ जना पक्राउ परिसकेका छन्।  घटनाका मुख्य योजनाकार नेपालगञ्ज ५ का योग ढकाल भन्ने रिगल ढकालसहित ९ जना कारागारमा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।  

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त हत्यामा संलग्न नेपालगञ्ज १८ कारकादोका ३० वर्षीय हरि वली र ३१ वर्षीय विवाद पाठकलाई पक्राउ गरिएको बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए । 

उनका अनुसार उक्त घटनाका फरारहरु नेपालगञ्ज एरिया मै लुकिछिपी बसिरहेको सूचनाको आधारमा विशेष टोली गठन गरी परिचालन गरेर पक्राउ गरिएको बताए । 

उक्त घटना मृतक र प्रतिवादीबीच नेपालगञ्ज लगायत बाँके जिल्लामा हुने ठेक्कापट्टा र व्यवसायीहरुबाट असुल्ने रकमको विषयमा विवाद भइ रिसीइवी रहेको कारण रहेको उनको भनाइ छ ।  

रिगल कै पूर्व योजना अनुसार २०७२ असार २८ गते मृतक मानन्धरको होटल स्वस्तिक नजिकै एक्कै रहेको अवस्थामा खुडा÷ खुकुरी प्रहार गरी हत्या गरिएको थियो । 

उक्त घटनामा दोषी ठहर भइ नेपालगञ्ज ५ का मुख्य योजनाकार रिगल, सिंह ढकाल, वडा नम्बर १२ का माधव परियार, वडा नम्बर १८ का दिपेन्द्र मल्ल कारागारमा रहेका रानाले बताए । 

यस्तै साविक माहदेवपुरी ४ का नवराज खत्री र मोहल लाल खड्का, खविलाल बस्नेतका साथै वडा नम्बर २ का प्रेम ध्वज खत्री र वडा नम्बर ५ का  प्रियम थापा रहेका छन् ।   

उक्त घटना मै जन्मकैदको फैसला सुनाइएका  नेपालगञ्ज उहा नम्बर २० का यामबहादुर बुढामगर र साविक माहदेवपुरी २ का केशव बहादुर रोकाय अझै फरार रहेको जनाइएको छ । 

वडा नम्बर १८  मनिष चौलागाई हाल  न्युजिल्याण्डमा रहेको र कोहलपुर ३ का दिपक केसीले २० रुपैयाँ जरिवाना भइ तिरिसकेको जनाइएको छ ।  

विदेशमा रहेका चौलागाईलाई नेपाल ल्याउन इन्टरपोल मार्फत पत्रचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: : 2021-01-12 17:24:00

प्रतिकृया दिनुहोस्