भलिबलकी अरुणा शाहीलाई पिपल्स च्वाइज अवार्ड

बिएल संवाददाता

काठमाडाै‌ं

भलिबलकी कप्तान अरुणा शाहीले पिपल्स च्वाइज अवार्ड जितेकी छिन्। 

‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत पिपल्स च्वाइज विधामा अवार्ड जितेकी हुन्।

कप्तान अरुणाले पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र बास्केटबलकी सदिना श्रेष्ठलाई उछिन्दै अवार्ड जितेकी हुन्।

एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियसिपमा नेपालले स्वर्ण जित्दा कप्तान अरुणा थिइन्। उनकै कप्तानीमा नेपालले  स्वर्ण जितेको थियो।

त्यस्तै, अरुणाकै कप्तानीमा नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक फाइनलमा पुगेको थियो। भारतसँग ३–२ को सेटमा पराजित हुँदै नेपाली महिला टिम रजत पदकमै सीमित भएको थियो।

प्रकाशित मिति: : 2021-01-12 18:24:00

प्रतिकृया दिनुहोस्