कुलबहादुर राना भलिबलको अन्तराष्ट्रिय रेफ्री

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालका भलिबल रेफ्री कुलबहादुर राना न्तराष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) रेफ्री बनेका छन्। 

एफआईभीबीले नेपाल भलिबल संघलाई एक पत्र पठाउँदै रानालाई अन्तर्राष्ट्रिय रेफ्री प्रदान घाेषणा गरेकाे हाे।

संघको अध्यक्ष मनोरन्जन रमनलाई लेखेको पत्रमा उनको सर्टिफिकेट पछि पठाउने जनाएको छ।

नोभेम्बरमा बसेको बोर्ड बैठकले राना अन्तराष्ट्रिय रेफ्रीको मान्यता प्रदान गर्ने निर्णय गरेको एफआईभीबीले जनाएको छ।

रानाले सन् २०१४ मा जापानमा भएको एफआईभीबी अन्तर्राष्ट्रिय रेफ्री क्यान्डीडेट कोर्ष गरेका थिए।
 

प्रकाशित मिति: : 2020-11-30 12:24:00

प्रतिकृया दिनुहोस्