एन्डी मर्रेलाई कोरोना संक्रमण

पूर्व विश्व नम्बर एक बेलायती टेनिस खेलाडी एन्डी मर्रेलाई कोरोना संक्रमण भएकाे छ।

अष्ट्रेलियन ओपन टेनिसका लागि मेलबर्न जानु अघि गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएकाे हाे।

कोरोना देखिएपछि उनी लण्डनमा आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसेका छन्।
कोरोना देखिएपनि मर्रे पूर्णरुपमा स्वस्थ्य रहेको बताइएको छ।

तर, उनले अष्ट्रेलियन ओपन गुमाउन सक्ने भएका छन्। अष्ट्रेलियन ओपन फेब्रुअरी ८ बाट मेलबर्न पार्कमा सुरु हुनेछ।

प्रतियोगिताको लागि मर्रे केहि दिनमा चार्टर फलाइटमार्फत मेलबर्न जाने तालिका रहेको थियो।
 

प्रकाशित मिति: : 2021-01-15 07:40:00

प्रतिकृया दिनुहोस्