किन आफ्नै परिवारले 'शंकर'लाई बन्धक बनायो?

पहिलोपोष्ट

काठमाडाैं

काठमाडौं : ललितपुरको एकान्तकुनाबाट एक युवकलाई बन्धक बनाएको जानकारी आएपछि बुधवार महानगरीय प्रहरी परिसर ललितपुरको टोली उद्धार गर्न पुग्यो। परिसरको टोलीले ३० वर्षीय युवक शंकर पुडासैनीलाई बचायो पनि।

पुडासैनीले प्रहरीमा आफूलाई परिवारका सदस्यले नै बन्धक बनाएको बयान दिएपछि घटनामा अनौठो ट्विस्ट आयो। लामो समयको कसरतपछि प्रहरीले युवकको उद्धार गरेको थियो। तर, परिवारले भने युवकलाई बन्धक नबनाएर दुर्व्यसानीको कारण रिह्याव सेन्टरमा राखेको दावी गरेको छ।

'बन्धक बनाएको जानकारी आएपछि हाम्रो टोलीले उद्धार गरेको हो। युवकलाई अहिले उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ,' महानगरीय प्रहरी परिसर ललितपुरका एसपी प्रज्वल महर्जनले भने।

काठमाडौंको सम्पन्न एक परिवारले घर झगडाका कारण ती युवकलाई दुर्व्यसनी भन्दै पुनर्स्थापना केन्द्रमा जबर्जस्ती राखेको प्रारम्भीक अनुसन्धानमा देखिएको छ।

अर्को केटीसँग लागेपछि बन्धक…

शंकर विवाहित युवक। लामो समय अष्ट्रेलिया बसेर पढेपछि उनी नेपाल फर्किएका थिए। राम्रो पढाई र मेहनती स्वभावका कारण आर्थिक अवस्था पनि राम्रो थियो। काठमाडौंको सम्पन्न परिवार। सुसुरालीखलक पनि सम्पन्न नै। सुरुको केही समय उनको वैवाहिक जीवन राम्रैसँग चलेको थियो। तर, एकाएक शंकरको स्वभावमा परिवर्तन देखिन थाल्यो।

प्रकाशित मिति: : 2021-01-15 16:43:00

प्रतिकृया दिनुहोस्