सरकार ! नख्खुको धूलोले श्वास फेर्नै गाह्रो भो, किन जाँदैन ध्यान ? [भिडियो रिपोर्ट]

नेपालको संघीय राजधानी काठमाडौं उपत्यकावासीका लागि धूलोधुवाँ त आमविषय भइसकेको छ ।

यहाँ धूलो नउड्ने सडक र गल्ली भेट्न मुस्किल पर्छ । तर कतिपय क्षेत्र यस्ता छन्, जहाँ धूलोधुवाँका कारण श्वास लिनै मुस्किल पर्ने अवस्था छ ।

त्यस्तै क्षेत्र मध्येको एक हो, ललितपुरको नख्खु पुल क्षेत्र ।

यहाँ धूलो उड्न थालेको महिनौं भयो । यही बाटो हुँदै मन्त्री, नेता तथा स्थानीय जनप्रतिनिधि दिनहुँ हिँड्छन्, तर धूलो नियन्त्रणमा कसैको ध्यान जान सकेको छैन ।

प्रकाशित मिति: : 2021-01-15 18:31:00

प्रतिकृया दिनुहोस्