मलाई किन किन टाउको चिलाएको छ, लाठी खान मन छ: प्रचण्ड

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘आक्रामक’ आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन्। आफू अग्रभागमा उभिएर लाठी खान तयार रहेको उनले बताए।

‘मलाई यसपटक किन किन टाउको चिलाएको छ, उहिले गिरिजाबाबु जस्तै आन्दोलनको अगाडि जान्छु,’ उनले भने, ‘यसपटक लाठी खान मन छ, म तपाईंहरुको टाउको जोगाउन आफ्नो टाउको फुटाउन तयार छु, आन्दोलन आक्रामक बनाउनुस्।’

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायहरुसँग सेटिङ मिलाएको दाबी गर्दै त्यसलाई भत्काउन सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिएका हुन्।

उनले भने, ‘मैले अदालत र निर्वाचन आयोगलाई शंका गर्न चाहेको होइन, तर केपीका मान्छेहरुले सूर्य चिन्ह पनि हाम्रै हुन्छ। पार्टी पनि हाम्रै हुन्छ भन्नुले उनीहरुले सेटिङ मिलाइसकेको भनेर शंका गर्न किन नपाउनु?’

अर्का समूहमा लागेर मन्त्री भएकाहरुलाई देखेर लाज लागेको टिप्पणी गरे। उनले भने, ‘यति धेरै खरानी घसेका छन् कि मैले त अनुहार नै चिन्न छाडेको छु।’

आफूबाहेक एक जना पनि नभएकालाई पार्टीमा ल्याएर स्थायी कमिटीमा लगेको तर, मन्त्री हुन दौडिएको उनले बताए।

 

प्रकाशित मिति: : 2021-01-17 16:33:00

प्रतिकृया दिनुहोस्