हुम्लाको अदानचुलीमा वडाध्यक्षमाथि आक्रमण

Breaknlinks
Breaknlinks

हुम्लाको अदानचुली गाउँपालिका–१ का वडाध्यक्षमाथि आक्रमण भएको छ।

श्रीनगरको सडकका विषयमा छलफल हुने क्रममा विवाद चर्किएपछि वडाध्यक्ष रग थापामाथि हातपात हुँदा टाउको, मुख र शरीरमा चोट लागेको हो। चोटपटकबाट उनको अवस्था गम्भीर बनेको बताइएको छ।

 प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत अदानचुली गाउँपालिका–१को कार्यक्रम अनुगमनमा गएको समयमा एक्कासि वडाध्यक्ष थापामाथि ढुंगा प्रहार भएको हो।

वडाध्यक्ष थापाले प्राविधिकको सर्बेविना श्रीनगरको सडक मनपरी ढंगले काट्न नहुने भन्दै सम्झाउन खोज्दा आफूमाथि एक्कासि ढुंगामुढा प्रहार भएको बताए। सो घटनामा परी वडाध्यक्ष थापासहित तीनजना घाइते भएका छन्।

घाइते हुने अन्यमा स्थानीय दीपक थापा र मक्क थापा रहेका छन्। उनीहरुको अहिले स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।

सो स्थानमा यसअघि साउन २२ गते नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताबीच झडप भएको थियो। रासस

प्रकाशित मिति: : 2021-01-17 21:34:00

प्रतिकृया दिनुहोस्