वास्तविक हिरो आम जनता– वरुण

नायक वरुण धवनले वास्तविक हिरो आम जनता भएको बताएका छन्।

आइएएनएससँग कुरा गर्दै नायक धवनले भने,‘दर्शकहरुले टिकट किनेर हाम्रो अभिनय हेरेर मात्र हामी हिरो हुन् सकेका हौँ, वास्तविक हिरो उहाँहरु नै हो।’ 

हालै डिजिटल प्लेटफार्ममा रिलिज भएको सिनेमा ‘कुली नम्बर १’ मा देखिएका नायक धवन सुपर हिट निर्देशक डेबिड धवनका छोरा र पुराना नायक अनिल धवनका भतिजा हुन्।

सन् २०१२ मा प्रदर्शित सिनेमा ‘स्टुडेन्ट अफ द इयर’मा पहिलोपटक देखिएका नायक धवन आजको समयका सुपर स्टार हुन्।

२४ अप्रिल १९८७ को दिन मुम्बई, भारतमा जन्मेका नायक धवनद्वारा अभिनित अन्य सिनेमाहरुमा ‘स्ट्रिट डान्सर’, ‘बद्रीनाथकी दुल्हनिया’, ‘मे तेरा हिरो’, ‘सुइ धागा’, ‘अक्टुबर’ आदि हुन्।

प्रकाशित मिति: : 2021-01-18 11:50:00

प्रतिकृया दिनुहोस्