विजय र अनन्याकाे ‘लिगर’

नायक विजय देवरकोन्डा र बलिउड नायिका अनन्या पाण्डेले अभिनय गरेको एक्सन चलचित्रको नाम र फस्टलुक सार्वजनिक गरिएको छ। 

यो चलचित्रको नाम ‘लिगर’ राखिएको छ। चलचित्रको फस्टलुकमा विजय र एक वाघलाई चित्रित गरिएको छ।

यो चलचित्रमा रोनित रोय, विषु रेड्डी, अली लगायतका कलाकारको पनि अभिनय छ।

चलचित्रको फस्टलुकमा नायिका अनन्या पाण्डेलाई स्थान दिइएको छैन। 

विजयले सामाजिक संजालमा पागल हुनका लागि तयार हुन आफ्ना फ्यानलाई अपिल गरेका छन्। 
 

प्रकाशित मिति: : 2021-01-18 14:13:00

प्रतिकृया दिनुहोस्