बाह्य सुरक्षा खतरा भन्दै अमेरिकी संसद् भवनमा लकडाउन, शपथग्रहणकाे समारोहको पूर्वाभ्यास रोकियाे

बिएल संवाददाता

न्युयाेर्क

नवनिर्वाचित राष्ट्रपति जो वाइडेनकको शपथ ग्रहण गर्ने मिति नजिकिँदै गर्दा बाह्य सुरक्षा खतरा भन्दै अमेरिकी संसद् भवनमा लकडाउन गरिएको छ।

वाइडेनको शपथग्रहणभन्दा दुई दिनअघि संसद् भवनमा लकडाउन गरिएको हो। वासिङ्गटन डिसीमा राष्ट्रपति तथा उपराष्ट्रपतिमा निर्वाचित वाइडेन तथा कमला ह्यारिसले जनवरी २० मा जिम्मेवारी सम्हाल्दै छन्।

यही जनवरी ६ मा अमेरिकी संसद् भवनमा भएजस्तो हिंसा नहोस् भनेर देशभरबाट नेसनल गार्डका टुकुडी ह्वाइट हाउस रहेको राधजानी वासिङ्टनमा पठाइएको छ।  

यद्यपी सुरक्षा खतरा भन्दै हाल समारोहको पूर्वाभ्यास कार्यक्रम रोकिएको बताइएको छ।

जनवरी ६ मा वाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नका लागि सदनको संयुक्त सत्र जारी रहेका बेला हतियारसहित ट्रम्पका समर्थकले संसद् भवनमा आक्रमण गरेका थिए। 

आक्रमणपरी एक प्रहरीसहित ५ जनाको मृत्यु भएको थियो। 

त्यसयता सो स्थानमा नेसनल गार्ड तैनाथ गरिएको छ। आक्रमणअघिको सम्बोधनमा राष्ट्रपति ट्रम्पले आफ्ना समर्थकलाई उक्साएका थिए।

ट्रम्पले नतिजा उल्ट्याउनका लागि आफ्ना समर्थकलाई उक्साएका कारण त्यसले हिंसाको रुप लिएको र प्रजातन्त्रमाथि गम्भीर आक्रमण भएको भन्दै सो घटनाको निन्दा भएको छ।

हिंसात्मक बिद्रोहका लागि उक्साएको अभियोगमा राष्ट्रपति ट्रम्पमाथि दोस्रोपटक महाअभियोग लागेको छ। 

प्रकाशित मिति: : 2021-01-19 07:39:00

प्रतिकृया दिनुहोस्