के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
बिएल संवाददाता
एसिसी महिला टि– २० इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आज हुने भनिएको नेपाल र भारत ‘ए’ बीचको खेलमा वर्षाका कारण रद्द भएको छ।
हङकङको मङकङ क्रिकेट मैदानमा वर्षा बाधक बनेपछि खेलमा टस नै हुन सकेन। यस खेल रद्द भएसँगै नेपाल र भारत ‘ए’ ले समान एक/एक अङ्क बाँडेका छन्। अङ्क बाँडेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना अझै जीवित नै छ।
थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गरेको हो। प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ। नेपालको समूहमा हङकङ, भारत र पाकिस्तान छन्। त्यस्तै समूह ‘बी’ मा मलेसिया, युएई, बङ्गलादेश र श्रीलङ्का छन्।
नेपालले दुई खेलपछि एक अङ्क जोडेको छ। यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’सँग ९ रनले पराजित भएको थियो। नेपालले समूहको अन्तिम खेल आगामी असार २ गते हङकङसँग खेल्नेछ।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा स्थान बनाउने छन्।
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
म भिखारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया