परस्त्रीसँग लागेपछि परिवारले नै मानसिक अस्पतालदेखि पुनर्स्थापनाकेन्द्रसम्म पुर्‍याए

डिल्ली पाण्डे

काठमाडाैं

‘मैले मेरो परिवारलाई कतिपटक सोधेँ– मलाई यस्तो ठाउँमा किन राख्नु भएको ? तर, उहाँहरुले सधैँ एउटै जवाफ दिनुहुनु्थ्यो– तँलाई ‘प्रोटेक्ट’ गर्नका लागि। कस्तो ‘प्रोटेक्ट’ गर्नुभएको हो, मैले बुझ्न सकेको छैन।’

उक्त भनाइ हो– ललितपुरको महालक्ष्मी नगरपालिकाका राज लामिछानेको । उनी अहिले पनि यो प्रश्न गरिरहेका छन्।

राजलाई लामो समय उनका परिवारले मानसिक अस्पताल र पुनर्स्थापना केन्द्र (रिह्याबिटेसन सेन्टर) मा राखे तर उनी न लागूऔषध दुव्र्यसनी थिए न त कुनै मानसिक बिरामी नै। उनलाई बन्धक बनाउन लामो समय पुनर्स्थापना केन्द्रमा राखिएको थियो। 

महानगरीय प्रहरी परिसर ललितपुरमा यो घटनाको जानकारी आएपछि प्रहरीले उनको उद्धार गर्योे। सुरुमा त प्रहरीलाई पनि पत्याउनै गाह्रो पर्‍यो– आफ्नै परिवारले पनि कसैलाई किन बन्धक बनाउँछ भने प्रश्नले । सुरुको प्रहरीसमेत हच्किएको थियो तर बन्धक बनाइएका राज भएका छन् ।

प्रहरी परिसर, ललितपुरको टोलीले ३१ वर्षीय राजलाई उद्धार गर्योे। केही दिनअघि प्रहरीले कुपण्डोलको एक घरबाट उनलाई उद्धार गरेको थियो। महानगरीय प्रहरी परिसर ललितपुरका एसपी प्रज्वल महर्जनले भने, ‘कसैले बन्धक बनाएर राखेको छ भन्ने जानकारी आएको थियो। त्यसैका आधारमा हाम्रो टोली पुगेर उद्धार गरेको थियो।’ 

उनलाई बन्धक बनाएको घटना राष्ट्रिय मानवअधिकार आयोग, प्रहरी प्रधान कार्यालय, नक्सालमा पनि पुगिसकेको थियो । लामो समयसम्म यी निकायबाट खासै पहल भएको देखिएन।

आखिर राजलाई आफ्नै परिवारले किन बन्धक बनायो? के उनी मानसिक  बिरामी वा दुव्र्यसनी नै हुन त?

बन्धक बनाइनुको कारण

राज एक प्राइभेट कम्पनीका कार्यकारी अधिकृत हुन्। उनी अष्ट्रेलियामा उच्च शिक्षा पढेर नेपालमै केही गर्न भनी फर्किएका थिए। उनको प्रेम सम्बन्धपछि एक युवतीसँग विवाह भयो। 
काठमाडौंका राम्रो परिवारका छोरा राजको ससुरालीसँग पनि सुरुमा राम्रै थियो तर दिनहरु बित्दै जाँदा राजको वैवाहिक जीवनसुखमय तरिकाले अघि बढ्न सकेन।

श्रीमतीसँग खुशी हुन छोडेका राजले अर्की युवतीसँग सम्बन्ध बनाउन थाले। अर्की युवतीसँगको सम्बन्धले नै उनलाई अहिलेको मोडसम्म ल्याएकोे प्रहरीको अनुसन्धानमा देखिएको छ।

घरमा श्रीमती हुँदाहुँदै अर्की युवतीसँग मायाजालमा परेका राज श्रीमतीभन्दा बढी ती युवतीसँग समय बिताउन थाले। दिनको भेट्घाटमा मात्र होइन दिन रातसमेत बिताए। भारतमा समेत उनीहरुसँगै बसेका थिए। त्यसपछि पोखरामा गएर पनि लामो समय बिताए। जसको जानकारी राजको परिवारले पायो। यो खबर ससुरालीतर्फ पुग्न पनि समय लागेन।

त्यसपछि दुवै परिवारले मिलेर राजलाई मनाउन खोजे। उनीहरु राजको वैवाहिक जीवन बिगार्न चाँहदैन थिए। त्यसपछि दुवै परिवार मिलेर उनलाई मानसिक अस्पतालदेखि पुनर्स्थापनासमेत राख्ने गरेको बयान राजले प्रहरीलाई दिएका छन्।

एक महिनाभन्दा बढी समय ‘रिदम न्यूरो साइक्रेटिक एण्ड रिसर्च सेन्टर’ मा राखियो। त्यसपछि उनलाई नार्कोलनमा लागू औषध सेवनकर्ता भनेर राखियो। 

आफ्नो नाम नै परिवर्तन गरी नार्कोननमा राखेको युवकले प्रहरीमा बयान दिएका छन् तर परिवारले भने यो कुरा स्वकार्न चाहेको छैन। राजले प्रहरीमा बोलेको सबै कुरा झूटा भएको परिवारको दाबी छ।

प्रकाशित मिति: : 2021-01-19 20:04:00

प्रतिकृया दिनुहोस्