बाँकेमा ह्वात्तै बढ्यो चिसो, हुस्सु र शितलहरले सास्ती (फोटो फिचर)

बाँकेमा निरन्तर बढेको अत्यधिक जाडोले जनजीवन कष्टकर बनेको छ। पछिल्लो हप्ता दिनदेखि निरन्तर हुस्सु लाग्ने र चिसो हावा बहने क्रम जारी छ। सोमबार र मंगलबार थोरै घाम लागेको थियो। 

तर बुधबार बिहानदेखि बाँकेसहित पश्चिम क्षेत्रमा फेरि हुस्सु र कुहिरो लाग्दा जनजीवन प्रभावित भएको छ। चिसो बढेपछि बालबालिका, वृद्धवृद्धा, दैनिक मजदुरी गरेर जीविका चलाउनेहरु बढी प्रभावित भएका छन्। 

चिसोले बजार क्षेत्रमा चहलपहल ह्वात्तै घटेको छ। लुम्बिनी प्रदेशका सबै जिल्लामा हुस्सु र कुहिरो लागेको छ। 

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमी अवस्थाअनुसार नेपालगञ्जको बुधबार बिहानसम्मको न्युनतम तापक्रम आठ डिग्री सेल्सियस छ।  

पार्दशिता भने ०१०० रहेको छ। नेपालगञ्जको मंगलबारको अधिकतम तापक्रम,२४‍‍.८ डिग्री सेल्सियस थियो भने न्युनम तापक्रम ११.० डिग्री सेल्सियस मापन गरिएको थियो।  

बाँकेसहित पश्चिम तराईका जिल्लामा कुहिरो कामय रहने बताएको छ। एक्कासी चिसो बढेपनि जिल्ला प्रशासन कार्यालय बाँकेले शितलहर र चिसोबाट बच्न अपिल गरेको छ। 

यस्तै बिहानको समयमा तराईका अधिकांश स्थानहरुमा लागेको बाक्लो हुस्सु कुहिरो अपरान्हपछि विस्तारै सुधार हुनसक्ने सम्भावना रहेको भएतापनि चिसोपना बढ्ने सम्भावना छ।  

चिसोबाट बच्ने उपायहरु अपनाउनु हुनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन सबैमा कार्यालयले अनुरोध गरेको छ। 

यस्तै जन तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख विनोद पराजुलीका अनुसार पश्चिम तराईका बाँके लगायतका जिल्लामा केही दिन चिसो हुने सम्भावना उच्च छ। 

उनले चिसो, हुस्सु र शितलहरबाट बच्न आवश्यक  सुरक्षा अपानाउना आग्रह गरे।

प्रकाशित मिति: : 2021-01-20 12:31:00

प्रतिकृया दिनुहोस्