वस्तु आपूर्तिकर्ताको एजेन्टलाई पनि अब नेपाली सरह नै कर

नेपाल लाइभ

काठमाडाै‌ं

सविन मिश्र

नेपालमा सेवा तथा वस्तु आपूर्ति गर्ने विदेशी कम्पनीका प्रतिनिधिले नेपालीसरह नै कर तिर्नुपर्ने भएको छ। नेपालमा वस्तु तथा सेवाको कारोबार गर्ने विदेशी कम्पनीका प्रतिनिधिले कानुनी छिद्रको प्रयोग गर्दै कर छली गर्न थालेपछि त्यसलाई निरुत्साहित गर्न निर्देशिका बनाइएको छ। 

विदेशी कम्पनीका एजेन्टले नेपालमा कार्यालय खोलेर तथा कर्मचारी पठाएर वस्तु आपूर्ति तथा सेवा दिने काम गरे पनि उनीहरू करको दायित्वबाट छलिएका थिए। अब त्यसलाई रोक्न र नेपाल आएर काम गर्नेलाई नेपाली सरह कर लगाउन सक्ने गरी कानुनी आधार तयार गरिएको छ। 

स्थायी संस्थापनसम्बन्धी निर्देशिकाअनुसार अब कुनै कम्पनीको प्रतिनिधिले नेपालमा कार्यालय स्थापना गरी छोटो समयमा सम्पन्न गर्ने गरी कुनै काम गरे पनि नेपाली सरह नै कर तिर्नुपर्छ। 'हामीले गरेको अध्ययनमा वार्षिक १० अर्ब रूपैयाँ राजस्व गुमेको देखियो,' आन्तरिक राजस्व विभाग स्रोतले भन्यो, 'त्यसैलाई नियमन गर्ने गरी निर्देशिका बनाएका हौँ, यसअनुसार अब कुनै विदेशी कम्पनीका प्रतिनिधिले छोटो समय नेपाल आएर नेपाली व्यवसायलाई सेवा दिएमा वा वस्तु बिक्री गरेमा प्राप्त हुने आयमा नेपालीसरह आयकर तिर्नुपर्छ।' 

प्रकाशित मिति: : 2021-01-21 11:28:00

प्रतिकृया दिनुहोस्