ओलीलाई आजकै मितिबाट साधारण सदस्यता समेत नरहनेगरी निष्कासन गर्‍याैं: नेपाल

नेकपा (प्रचण्ड) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीलाई आजकै मितिबाट साधारण सदस्यताबाट निष्कासनको घोषणा गरेका छन्।

सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार आयोजित आमसभालाई सम्बोधन गर्दै नेपालले ओलीलाई आजै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने घोषणा गरेका हुन्।

‘हामीले तीन दिनको स्पष्टीकरण मागेका थियौं तर चार दिनसम्म स्पष्टीकरण दिएनन्। उनलाई आज पार्टीबाट हटाउने अन्तिम चरणमा छौं। आजकै मितिबाट साधारण सदस्यबाट निष्कासन गर्न गइरहेका छौं,’ उनले भने। 

बालुवाटारमा लगेर सुरेन्द्र पाण्डे र श्रीराम ढकालले स्पष्टीकरणको पत्र बुझाएको तर ओलीले जवाफ दिने आँट नभएको दावी नेपालले गरे। 

उनले भने, ‘तीनदिन अगाडी बालुवाटारमा चिटी पठाएर स्पष्टिकरण मागेका थियौं, ओलीले जवाफ दिने आँट गरेनन्।’

प्रकाशित मिति: : 2021-01-21 14:07:00

प्रतिकृया दिनुहोस्