दक्षिण दिल्लीको एउटा सडक सुशान्त सिंहको नाममा

बलिउडका दिंगवत युवा प्रतिभा सुशान्त सिंह राजपूतको जन्मदिनभन्दा एक दिन अगाडि राजधानी नयाँदिल्लीको दक्षिणमा रहेको एन्ड्रयुजगञ्जको सडकको नाम उनको नामबाट नामाकरण गरिएको छ। 

सुशान्तको गत वर्ष मुम्बईमा निधन भएको थियो। उनको निधनको हालसम्म अनुसन्धान भइरहेको छ। सुशान्तको जन्मदिन २१ जनवरीमा भएको थियो। सुशान्तअघि पनि बलिउड कलाकारको नाममा भारतमा थुप्रै सडकहरू नामाकरण भइसकेका छन्।  

चर्चित अभिनेत्री नगरिस दत्तको मुम्बईको बान्द्रा वेष्ट पाली हिल क्षेत्रमा रहेको एउटा सडकलाई नामाकरण गरिएको छ। यस्तै, महान गायक मोहम्मद रफीको नाममा मुम्बईको एसवी रोड, बान्द्रास्थित एउटा सडक नामाकरण गरिएको छ। 

यस्तै संगीतकार आरडी बर्मनको नाममा मुम्बईको सान्ताक्रुज क्षेत्रमा रहेको एउटा चौक नामाकरण गरिएको छ। 

यस्तै, मनोज कुमारको नाममा पनि शिरडीमा एउटा रोडको नाम राखिएको छ। अभिनेता राजकपुरको नाममा क्यानडाको एउटा सडकको नाम राखिएको छ।

 यो सडक ब्रेम्पटनमा छ। यस्तै, ओस्कार विजेता संगीतकार एआर रहमानको नाममा पनि क्यानडाको ओन्टारियोमा एउटा सडकको नाम राखिएको छ।

प्रकाशित मिति: : 2021-01-22 16:46:00

प्रतिकृया दिनुहोस्