सौन्दर्यको खोजी

गोरखापत्र

काठमाडौँ

प्रदिप्नराज पन्त

सौन्दर्यको खोजी अनादि कालदेखि हुँदै आएको छ । सौन्दर्यलाई सापेक्षतामा परिभाषित गर्ने चलन थियो विगतमा । हुन पनि विभिन्न नश्ल र ऐतिहासिक अवधारणाको आधारमा सौन्दर्यको मानक फरक हुने गर्छ । विश्वका सबै सभ्यता र संस्कृतिले सौन्दर्यलाई परिभाषित गरेका छन् । यसैले भन्ने गरिन्छ सौन्दर्य हेर्नेको आँखामा हुन्छ । कसैको सानो बच्चालाई देखेर कति सुन्दर बच्चा, कुकुरलाई देखेर कस्तो राम्रो कुकुर भन्ने गरिए पनि यसरी वर्णन गरिएको सौन्दर्यको महìव हँुदैन । प्राकृतिक सौन्दर्य कुनै ऐच्छिक र अनियमित विषय होइन भनेर केही वैज्ञानिकले भन्ने गरेका छन् । प्रकृति, जीवन र जगत्मा देखिने सौन्दर्यको मापन समरूपता र अनुपातमा हुन्छ । सौन्दर्यको सर्वमान्य परिभाषा र स्पष्ट वर्णन गर्न सहज नभए पनि असम्भव चाहिँ हुँदैन भन्ने मत नै वैज्ञानिकहरूको छ । उनीहरूका अनुसार मानिसहरूमा एक किसिमको आनुवंशिक सङ्केत डीएनए हुन्छ, जो एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण भएको हुन्छ र मानिसहरूमा विद्यमान हुन्छ । जसलाई छुन, महसुस गर्न र देख्न सकिन्छ । यसैको आधारमा सौन्दर्यलाई वर्णन गर्न र स्पष्ट पार्न सकिन्छ । यही आनुवंशिक संरचनालाई आधार बनाएर गणितीय हिसाबअनुसार सूत्रबद्ध तरिकाले सौन्दर्यको वर्णन गर्नेसमेत गरिएको छ ।

प्रकाशित मिति: : 2021-01-23 12:27:00

प्रतिकृया दिनुहोस्