वरुण धवन आज वैवाहिक बन्धनमा बाँधिदै

अभिनेता वरुण धवन र नताशा दलाल आज आइतबार वैवाहिक बन्धनमा बाँधिदैछन्। दुबैले अलिबागस्थित एउटा भब्य रिसोर्ट ‘द मेसन हाउस’ मा विवाह गर्दैछन्। 

शनिबार यिनीहरूको मेहन्दीको कार्यक्रम सम्पन्न भएको थियो। मेहन्दी कार्यक्रममा चर्चित कलाकार वीना नागदा उपस्थित थिइन्। 

भारतीय अखबारका अनुसार वरुण–नताशाको ग्राण्ड संगीत कार्यक्रमको आयोजना करण जौहरले गर्नेछन्। संगीत समारोहमा आलिया भट्ट, जान्हवी कपुर, अर्जुन कपुर र अन्य कलाकारले डान्स गर्नेछन्।

वरुण–नताशाको विवाह पञ्जावी रितिरिवाजमा हुँदैछ। रिसोर्ट बाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ। रिसोर्टभित्र पौडी पोखरी, गार्डेन, २५ कोठा र अन्य केही सुविधा छन्। कोभिडका कारण बिहेमा निश्चित व्यक्ति मात्र समावेश हुनेछन्। 

बिहेमा ५० जनाको उपस्थिति हुने बताइएको छ। मिडिया रिपोर्टका अनुसार सलमान खान, केटरिना कैफ, रणवीर कपुर, ज्याकलिन फर्नान्डेस, श्रद्धा कपुर जस्ता बलिउड स्टार बिहे समारोहमा उपस्थित हुँदैछन्। 

बिहेमा अमिताभ बच्चन, गोबिन्दा र अनिल कपुर जस्ता दिग्गज कलाकारलाई बोलाइएको छैन। शाहरुख खानलाई निम्तो दिएपनि उनी ‘पठान’ फिल्मको सुटिङमा व्यस्त छन्। त्यसैले समारोहमा उपस्थित हुने छैनन्।

प्रकाशित मिति: : 2021-01-24 14:28:00

प्रतिकृया दिनुहोस्