जब भिडबाट प्रहरी अधिकारीले गाडी हुइँक्याए......

वासिङ्टनको ताकोमामा प्रहरी अधिकारीले गाडी मानिसको भिडमा चलाउँदा एकजना घाइते भएका छन्।

घटनामा कसैको ज्यान गएन। भिडियोमा धेरै मानिसहरुको समूहले प्रहरीको गाडीलाई घेरेको देखिन्छ। 

गस्तीका लागि खटिएका प्रहरी अधिकारीको गाडीलाई झण्डै १०० जना र केही सवारी साधानले रोकेको प्रहरी कार्यालयले जनाएको छ। भिडले स्ट्रिट रेसरहरुको स्टन्ट हेरिरहेका थिए।  बाटो छोड्न अस्वीकार र कारमा हान्न थालेको देखिन्छ।

त्यसपछि प्रहरी अधिकारीले गाडी चलाउँदा एकजना किचिएका हुन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

अवरोध गर्नेहरुको भिडमा गाडी चलाउने अमेरिकी प्रहरी अधिकारी अनुसन्धानको दायरामा आएका छन्। प्रहरी अधिकारीको पहिचान खुलाइएको छैन।

गाडीलाई भिडले घरेर हिर्काउन थालेपछि सुरक्षाका लागि त्यहाँबाट निस्कने क्रममा गाडी चलाउनु परेको प्रहरी कार्यालयले बताएको छ। घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ। 

प्रकाशित मिति: : 2021-01-25 08:29:00

प्रतिकृया दिनुहोस्