मेक्सिकोका राष्ट्रपतिलाई कोरोना संक्रमण

बिएल संवाददाता

न्युयाेर्क

मेक्सिकोका राष्ट्रपतिलाई कोरोना भाइरसको संक्रमण भएको छ।

एन्ड्रेस मनुओल लोपेज ओब्रेडोर आफैंले स्थानीय समयअनुसार आइतबार साँझ ट्विट गरी आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

हल्का लक्षण मात्र देखिएको र उपचार जारी रहेको उनले उल्लेख गरेका छन्।

जोन हप्किन्स् युनिभर्सिटीका अनुसार मेक्सिकोमा अहिलेसम्म १७ लाखभन्दा बढी व्यक्तिलाई कोरोना संक्रमण भइसकेको छ। तीमध्ये १ लाख ४९ हजार संक्रमितको मृत्यु भइसकेको छ।


 

प्रकाशित मिति: : 2021-01-25 08:59:00

प्रतिकृया दिनुहोस्