प्रदेश नं २ : कोरोना विरूद्धको खोप १४ गतेदेखि सञ्चालन  

बिएल संवाददाता

जनकपुरधाम 
सांकेतिक तस्बिर

प्रदेश–२ मा यही माघ १४ गतेदेखि कोरोना विरूद्धको खोप अभियान सञ्चालन हुने भएको छ । 

प्रदेशका आठवटै जिल्लाका सदरमुकामस्थित अस्पतालबाट सो अभियान सञ्चालन हुने स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिए। 

उनका अनुसार सङ्घीय सरकारबाट प्रदेश–२ मा खोप अभियान शुभारम्भका लागि २३ हजार भाइल प्राप्त भएको छ। 

उनले भने, 'खोप अभियानअन्तर्गत पहिलो चरणमा स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप दिने योजना छ'

माघ १४ गते मुख्यमन्त्री लालबाबु राउतले  वीरगञ्जको नारायणी अस्पताल, आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले प्रादेशिक अस्पताल जनकपुरधाम, सामाजिक विकासमन्त्री नवलकिशोर साहले गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा खोप अभियानको सञ्चालन हुने बताएका थिए। 

प्रकाशित मिति: : 2021-01-25 21:15:00

प्रतिकृया दिनुहोस्