जनमत

नक्कली भुटानी शरणार्थी प्रकरण: उच्च पदस्थलाई हाेला त कारबाही ?

BreaknLinks
BreaknLinks

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा उच्च पदस्थ व्यक्तिको संलग्नता देखिएसँगै राजनीति तरंगित बनेको छ। एकै व्यक्तिबाट १० लाखदेखि ४० लाखसम्म पैसा उठाएर नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा नेतादेखि सचिवसम्मको संलग्नताले सिंहदरबारभित्रको कानुनी ठगी धन्दा उदांगो भएको छ।

गठी धन्दामा नेकपा (एमाले) सचिव टोपबहादुर रायमाझीको संलग्नता देखिएपछि प्रहरीले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ। वैशाख २० गते बुधबार पक्राउ पुर्जी जारी गर्दै उनका छोरा सन्दीप रायमाझी पक्राउ परे। टोबहादुर भने उक्त दिनदेखि फरार रहेका छन्।

वैशाख १९ गते ठगी धन्दामा संलग्न रहेका मुख्य योजनाकार इन्द्रजित राई पक्राउ परे। उनी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकार थिए। यो ठगी धन्दामा टोपबहादुरका बाबु–छोराको संलग्नता भएको जस्तै इन्द्रजित राईका बाबु–छोराको नै संलग्नता देखिएको छ।

प्रहरीले वैशाख १९ इन्द्रजितलाई पक्राउ गरेपछि २० गते उनका छोरा निरज राईविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ। उनी पनि टोपबहादुर जस्तै अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। यति मात्र होइन तत्कालिन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापालाई पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। ठगी धन्दामा उनको संलग्नता देखिएपछि प्रहरीले २० गते बुधबार नै उनलाई पनि पक्राउ पुर्जी गरेको थियो। उनी पनि अहिलेसम्म फरार रहेका छन्।

ठुला पार्टीका ठुला नेताको संलग्नता देखिएपछि राजनीति तरंगित हुन पुगेको छ। संसदमा आफ्नो/बिरानाे नहेरेर नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा संलग्न सबैलाई कारबाही हुनुपर्ने आवाज जोडले उठिरहेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गर्दै जाँदा अन्य ठुला नेताको नाम पनि जोडिएको छ। पैसा कारोबार गरेको अडियो सार्वजनिक भएपछि काँग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण, काँग्रेस नेता शेखर कोइराला, शेरबहादुर देउवा पत्नि सांसद आरजु देउवा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनलगायतको नाम पनि जोडिएको छ। यद्यपि, प्रहरीले उनीहरूलाई कारबाहीकाे दायरामा ल्याउन सकेको छैन।

चैत १२ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा सानु भण्डारी, केशव दुलाल, टंक गुरूङ पक्राउ परेपछि राजनीतिमा तरंग छाएको थियो। तीन जनाको बयानकै आधारमा प्रहरीले चैत १५ गते गिरोहका नाइके सागर राईलाई पक्राउ गर्‍यो। थप अनुसन्धान चलेकै क्रममा २९ चैतमा गिरोहमा संलग्न रहेका सन्देश शर्मा आफैँ प्रहरीमा उपस्थित भए।

वैशाख १९ गते इन्द्रजित राई पक्राउ परे। वैशाख २० गते तत्कालिन गृहसचिव टेकनारायण पाण्डे पक्राउ परे। अहिले तत्कालिन गृहसचिव तथा हाल अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त प्रेमकुमार राईसमेत ठगी प्रकरणमा जोडिएका छन्।

सिंहदरबारमा कानुनी रूपमा गठी धन्दाको फाइल खुलेपछि अहिले राजनीतिमा तरंगत छाएको छ नै तर उनीहरूलाई सरकारले कारबाही गर्न सक्छ वा सक्दैन भन्न शंका गर्ने ठाउँ भने रहेको छ। ठुला दलका नेताहरूको नै संलग्नता रहेपछि उनीहरूले पनि वाइडबडी प्रकरण, प्रिन्टङ प्रेस खरिद प्रकरण, ललिता निवास प्रकरण, निर्मला हत्या प्रकरणमा दोषीमाथि छानबिन नै नगरी उन्मुक्ति दिएको जस्तै उन्मुक्ति पाउने हुन कि भन्ने आशंका छ।

के नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाही हाेला त ? वा उन्मुक्ति पाउलान् ? युवाको बुझाइ के छ ? बिएल नेपाली सेवाले प्रतिक्रिया लिएको छ।

प्रस्तुत छ, उनीहरूको प्रतिक्रिया जस्ताको त्यस्तै—

प्रकाशित मिति: : 2023-05-08 17:27:00

प्रतिकृया दिनुहोस्