चार सयले बढ्यो सुनको मूल्य  

बिएल संवाददाता

काठमाडाै‌ं
सांकेतिक तस्बिर

आज पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ ।

सोमबार छापावाल सुन तोलामा रु ९२ हजार ४०० मा कारोवार भएको थियो भने आज प्रतितोलामा  ४०० ले वृद्धि भएकाे छ। 

यस्तै तेजाबी सुन तोलामा रु ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।  

९१ हजार ९०० मा कारोवार भइरहेको तेजाबी सुनको मुल्य ९२ हजार ३०० मा निर्धारण भएको छ । 

त्यसैगरी चाँदीको मूल्य रु पाँचले घटेर एक हजार २६० कारोवार भइरहेको छ। 

प्रकाशित मिति: : 2021-01-26 11:48:00

प्रतिकृया दिनुहोस्