मानसिक सन्तुलन गुमाएका कोहलपुरका युवक उत्तर प्रदेशमा बेवारिसे (भिडियो)

भारतको उत्तर प्रदेशमा बाँकेको कोहलपुर घर बताउने एक युवक अलपत्र परेका छन्। उनी भारतको उक्त प्रदेश अपरोवा जिल्ला, कस्बाऔ गाउँको झारीमा भेटिएको त्यहाँका एक युवाले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन्।  

भारतको उक्त प्रदेशका अभिड मल्लिक अग्रहरीले इश्वर नाम बताउने उनी आफूसँग रहेको बताएका हुन्। यसअघि उनले उनको अवस्था नाजुक रहेको बेवारिसे अवस्थामा फेला पारेको भन्दै फेसबुकमा भिडियो सन्देश पोष्ट गरेका थिए। 

उक्त फोटो र भिडियो हेर्दा उनी मानसिक सन्तुलन सन्तुलन ठिक नभएको जस्ता देखिन्छन्। कसैले उनको हातमा लड्डु राखिदिएको छ।

उत्तर प्रदेशबाट फेसबुकमा उनले भिडियो सन्देशमा भनेका छन्,‘ उनको नाम इश्वर हो, उनी नेपालका हुन्। अहिले भारतको उत्तर प्रदेश अपरोवा जिल्ला, गाउँ कस्बाऔ झारीमा छन्।’ 

उनले ‘ती भाइको कसैलाई थाहा छ भने मलाई जानकारी गराउनुहोला’ भनेर आग्रह गरेका छन्। अग्रहरीका अनुसार उनी बाँकेको कोहलपुर घर बताउँछन्।आफ्नो इश्वर बताएका छन्। बुबाको नाम चक्र र आमाको नाम शान्ति बताउँछन्।

यस्तै उनले आफ्नो भिडियो सन्देशमा इश्वरलाई  चिन्ने, उसका आफन्तले आफूलाई जानकारी गराउन समेत अपिल गरेका छन्।

बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले भने, ‘मैले मेरो घरमा राखिरहेको छु। उसको अवस्था एकदमै नाजुक छ। दिसापिसाव सँगै गर्छन्। कृपाया उसको  आफन्तलाई जानकारी गराइदिनु होला।’ 

उनले आफूलाई भारतीय प्रहरीलाई जानकारी गराइसकेको समेत बताए। नेपाल प्रहरीसँग समन्वय भइसकेको समेत उनको भनाइ छ।

प्रकाशित मिति: : 2021-01-26 12:47:00

प्रतिकृया दिनुहोस्