‘इन्द्रसरोवर’मा साइली डुङ्गा सररर...(फाेटाे फिचर)

शनि शाक्य

काठमाडाै‌ं

घुम्ने रहर कसलाई हुँदैन ? पक्कै पनि सबैलाई हुन्छ। आन्तरिक होस् वा बाह्य पर्यटक, सबैलाई मोहित बनाएको छ मानवनिर्मित ‘इन्द्रसरोवर’ ताल अर्थात कुलेखानी ड्याम। 

मकवानपुरको उत्तरी क्षेत्रमा अवस्थित यो ताल जलविद्युत आयोजनाका लागि कुलेखानीमा ड्याम थुनेर बनाइएको हो। यो ताल नेपालको एक मात्रै ‘पावर ब्याकअप’ पनि हो। 
 
काठमाडौंदेखि कुलेखानी ड्यामसम्मको दुरी ४६ दशमलब ९ किलोमिटर रहेको छ। मात्र दुई घण्टाको यात्रा भएपनि कच्ची सडकका कारण लगभग तीन घण्टामा त्यँहा पुग्न सकिन्छ।

कुलखानी हुँदै चित्लाङसम्मको यात्रा तय गर्ने आन्तरिक तथा बाह्य पर्यटकले यहाँ खचाखच हुन्छ। खास गरि पहाड र चिसाे हावा खान यहाँ पर्यटकहरु पुगेका हुन्छ।

साथै यहाँ डुङ्गा सयर गर्न नि पर्यटकहरु पुगेका हुन्छन्। 

इन्द्रसरोवरको लम्बाइ ८ किमी र गहिराइ करीब ९७ मिटर छ। यो ताल वि.सं २०३८ सालमा बनाइएको हो। यसै परियोजना अन्तर्गत सञ्चालित कुलेखानी-१, कुलेखानी-२ र कुलेखानी–३ ले पनि क्रमशः ६०, थप ३० मेवा र १४ मेवा विद्युत्बाट राष्ट्रिय प्रसारण लाइनमा योगदान पु-याइरहेको छ।

कुलेखानी ड्यामबाट ६ किमी सुरुङमार्फत लगिएको पानीले धुर्सिङमा ६० मेगावार्ड विद्युत् निकालिएको छ। आयोजनाको विद्युत्गृह सोही स्थानको ढोकाफेदीमा भूमिगत रहेको छ। तालमा पानीको सतह समुद्री सतहबाट एक हजार ५ सय ३० मिटरसम्म पनि पुग्ने गर्छ।

सो अवस्थामा पानीको गहिराइ १ सय ७ मिटर हुन्छ। अब चिसो, फ्रेस हाँवा खान जोमजोस जानै पर्दैन्, ‘इन्द्रसारोबल’ ताल पुगे हुन्छ।  कुलेखानी पछिल्लो समय काठमाडौंको कोलाहलबाट मुक्ति चाहानेका लागि सबैभन्दा उत्कृष्ट र सजिलो घुमफिर स्थल बनेको छ। 

प्रकाशित मिति: : 2021-01-26 13:42:00

प्रतिकृया दिनुहोस्