बाइडेन र पुटिनबीच टेलिफोन वार्ता, सम्बन्ध कायम राख्ने सहमति

Breaknlinks
Breaknlinks

अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी समकक्षी राष्ट्रपति भ्लादमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन्।

ह्वाइट हाउस स्रोतका अनुसार अमेरिकी राष्ट्रपति बाइडेनले रूसी विपक्षी नेता एलेक्सी नवलनीको गिरफ्तारी, साइबर जासूसीमा रूसको संलग्नतालगायत बारेमा राष्ट्रपति पुटिनसँग गम्भीर चिन्ता व्यक्त गरेका हुन्।

अमेरिका र रूसीबीच परमाणु हतियारका सम्बन्धमा भएको सम्झौतालाई कायम राख्नेबारे पनि कुराकानी भएको बताइएको छ। साथै, पुटिनले नयाँ राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनले बधाई दिएका छन्।

दुई देशबीच सम्पर्क तथा सम्बन्ध कायम राख्ने सहमति भएको ह्वाइट हाउसले जनाएको छ।

बाइडेनले पुतिनसँग फोन वार्ता गर्नुअघि नाटोका महासचिव जेन्स स्टोल्टनवर्गसँग समेत कुराकानी गरेका थिए।


 

प्रकाशित मिति: : 2021-01-27 09:14:00

प्रतिकृया दिनुहोस्