कोरोनाको पहिलो खोप लगाए टेकु अस्पतालमा कार्यरत ८० वर्षीय नेत्रबहादुरले  

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोनाविरुद्धको खोप पहिलो पटक टेकु अस्पतालमा कार्यरत ८० वर्षीय नेत्रबहादुर अमात्यले लगाएका छन्। 

अमात्य टेकु अस्पतालका रेडियोलोजिष्ट  हुन्। अमात्य कोरोनाविरुद्धको खोप लगाउने सबैभन्दा जेष्ठ नागरिक पनि हुन्।

सरकारले आजबाट देशभर कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ। पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई खोप दिइएको छ।
 

प्रकाशित मिति: : 2021-01-27 10:56:00

प्रतिकृया दिनुहोस्