सडकमा आइएन भने शासकलाई बेवास्ता गर्न सहज हुँदोरहेछ : सञ्जीव उप्रेती [अन्तर्वार्ता]

नेपाल लाइभ

काठमाडाै‌ं

पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि त्यसलाई प्रतिगमनको पछिल्लो उदाहरणको रुपमा लिँदै सडकमा प्रदर्शन हुन थालेका छन्। २०६२/६३ सालको जनआन्दोलनमा सक्रिय भएका कैयौं अनुहारहरु ती प्रदर्शनमा सहभागी भएका छन्। र, प्रदर्शनमा सरकारको तीव्र दमन पनि देखिएको छ। प्रदर्शनकारीको लहरमा नछुट्ने अनुहार हो, सञ्जीव उप्रेती। जो आफ्ना अभिव्यक्तिहरुमा लोकतन्त्रका अपूर्णताका विषयमा बारम्बार आफ्ना धारणा राखिरहन्छन्। उनीसँग पछिल्लो प्रतिगमन, नागरिक आन्दोलन, शासकीय कमजोरी लगायतका विषयमा नेपाल लाइभका लागि किशोर दहाल, डिबी खड्का र पुष्पा केसीले गरेको कुराकानीको सारसंक्षेपः

तपाईंहरुले भन्ने गरेको प्रतिगमन एकैपटक आएको हो कि क्रमिक रुपमा?
यो क्रमिक रुपमै आएको हो। तर यसको प्रारम्भ चाहिँ सन् २०१० पछि नै भएको हो। किनभने, २०६२/६३ को आन्दोलनमा एक किसिमको आदर्श थियो। हामी अब गणतन्त्रमा गयौं, राजतन्त्र फ्याक्यौँ। अधिनायकवाद यो देशमा चल्दैन। हामी न्याय र लोकतन्त्रको पक्षमा अघि बढिरहन्छौं भन्ने थियो। पहिलो संविधानसभाको संरचनाले पनि त्यो कुरा देखाउँछ। तर २०१० पछि प्रतिगमनको सिलसिला सुरु भयो। अहिले हामीले विरोध गरिरहेको प्रतिनिधि सभा विघटनको घटना चाहिँ प्रतिगमनको पछिल्लो उदाहरण मात्रै हो। तर, नागरिक समाज यसमा मात्रै सीमित हुन्छ जस्तो मलाई लाग्दैन। जुन आदर्शको लागि हामीले २०६२/६३ मा लडेका थियौं, त्यो आदर्शलाई कहाँ छाड्यौं त? कसको कारणले छाड्यौं? त्यसको बारेमा समीक्षा गर्न आवश्यक छ। अहिले केपी शर्मा ओली अगाडि देखिनुभए पनि अहिलको स्थितिमा आइपुग्नमा अरु नेता पनि जिम्मेवार हुनुहुन्छ।

 

प्रकाशित मिति: : 2021-01-27 14:56:00

प्रतिकृया दिनुहोस्