राम्री बन्न सानोमा प्रियंकाले ‘फियरनेस क्रिम’ लगाउने गर्थिन

बलिउडबाट हलिउडमा आफ्नो भाग्य परीक्षण गरिरहेकी अभिनेत्री प्रियंका चोपडाले विगतमा ‘फेयरनेस क्रिम’ लाई समर्थन गर्नु आफ्नो गम्भीर भूल भएको बताएकी छिन्। उनले कालो अनुहार भएको केटी राम्रो हुँदैनन भन्ने विचार नै गलत भएको बताएकी छिन्। 
प्रियंकाको पुस्तक ‘अनफिनिस्ड’ बजारमा आउँदैछ।

जसमा उनले आफ्नो करिअरको थुप्रै घटनालाई समेटेकी छिन्। किताब फेब्रुअरीमा आउँदैछ। किताबमा उनले मनोरञ्जनको दुनियामा आफ्नो १० वर्ष लामो करिअर, केही बुझाई र भोगाईलाई समेटेकी छिन्। 
सानोमा आफ्नो अनुहारमा गोरोपना ल्याउन टेल्कम–पाउडरको क्रिम बनाएर लगाउने गरेको बताइन्। ‘मलाई सानोमा कालो अनुहार राम्रो हुँदैन भन्ने भ्रम थियो,’ उनले भनिन्,‘तर, म भ्रममा रहेछु।’ 
प्रियंकाले सन् २०१५ मा यही कुरा एउटा टेलिभिजन कार्यक्रममा पनि बताएकी थिइन। उनले भनिन्, ‘जब मलाई नरमाइलो लाग्यो। मैले बन्द गरे।’ उनलाई सानोमा परिवारका सदस्यले ‘काली, काली’ भनेर चिढाउने गर्थे। १३ वर्षको उमेरमा उनी आफ्नो अनुहारको रंग अर्के होस् भनेर ‘फेयरनेस क्रिम’ लगाएकी थिइन।

प्रकाशित मिति: : 2021-01-27 15:25:00

प्रतिकृया दिनुहोस्