सौरभ गांगुली फेरि अस्पताल भर्ना

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का अध्यक्ष तथा पूर्वकप्तान सौरभ गांगुली पुनः अस्पताल भर्ना भएका छन्।

सौरभको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार अपोलो अस्पताल दिल्लीमा भर्ना गरिएको हाे। घरमा आराम गरिरहेका उनलाई एक्कासी छाती दुखेपछि अस्पताल लगिएको बताइएकाे छ।

केहि दिनअघि उनी हृदयघातको उपचार सकेर घरमै आराम गरिरहेका थिए। अहिले गांगुलीलाई इमर्जेन्सीमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ। अस्पतालका अनुसार अहिले उनको स्वास्थ्य स्थिर छ।

४८ वर्षीय गांगुलीलाई पुनः छाति दुख्ने समस्या देखिएको हो। उनलाई फेरि समस्या दोहोरिएपछि परिवारका सदस्यले अस्पताल पुर्‍याएका हुन्।
 

प्रकाशित मिति: : 2021-01-27 15:53:00

प्रतिकृया दिनुहोस्