आइसीसीले अब महिनै पिच्छे क्रिकेट खेलाडीलाई सम्मान गर्ने 

बिएल संवाददाता

काठमाडाै‌ं

अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसीसी) ले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई हरेक महिना अवार्डबाट सम्मानित गर्ने भएको छ। बुधबार बसेको आइसीसीको बैठकमा यो निर्णय भएको हो। यसमा पुरुष र महिला दुबैतर्फका खेलाडी सम्मानित हुनेछन्। 

आइसीसीले जारी गरेको विज्ञप्तीमा भोटको आधारमा विजेताको घोषणा हुने बताइएको छ। यसमा विश्वभरिका पूर्व क्रिकेटर्स, ब्रोडकास्टर र खेल पत्रकार समावेश हुनेछन्। दर्शकको भोट पनि विजेता छनोट गर्न महत्वपूर्ण हुने आइसीसीले बताएको छ।  

यो जनवरी महिनामा उत्कृष्ट खेलाडीको सूचीमा सबैभन्दा बढी भारतीय खेलाडी परेका छन्। भारतबाट ५, दक्षिण अफ्रिकाबाट २, अस्ट्रेलिया, इंग्ल्याण्ड, पाकिस्तान र अफगानिस्तानबाट १–१ खेलाडी समावेश छन्। ‘प्लेयर अफ दि मन्थ’ अवार्डमा भारतबाट मोहम्मद सिराज, रवीचन्द्रन अश्विन, वासिङ्टन सुन्दर, टि नटराजन र ऋषभ पन्त समावेश छन्।

यस्तै, इंग्ल्याण्डबाट जो रुट, अस्ट्रेलियाबाट स्टिभ स्मिथ र अफगानिस्तानबाट रहमानुल्ला गुरबाज पनि सहभागी छन्।

प्रकाशित मिति: : 2021-01-28 08:42:00

प्रतिकृया दिनुहोस्