नेपालगञ्ज उपमहानगरपालिकाले पारित गर्‍यो ऐन

नेपालगञ्ज उपमहानगरपालिकाले आठौँ नगरसभाबाट महत्वपूर्ण दुई वटा ऐन पारित गरेको छ। 

बिहीबार बसेको उपमहानगरको आठौँ सभाले बालबालिका सम्बन्धी ऐन २०७७ र अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७७  पारित गरेको हो। 

उक्त सभाको अवसरमा प्रमुख  डा. धवलशम्शेर राणाले वडागत बजेट रकमान्त्रण, नगर भवन पुननिर्माण गर्ने प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्ताव नगरसभाले सर्वसहमतिमा पारित गरेको हो। यस्तै अस्पतालजन्य फोहोरमैला व्वस्थापनलगायतका प्रस्तावसमेत पारित गरिएको छ। 

यसैबीच,नगरसभाले गतवर्ष नेपालगञ्ज नगरभित्रका छाडा पशु चौपाय व्यवस्थापन सम्बन्धको दुर्घटना भएको भन्दै सम्पूर्ण जिम्मेवारी उप–महानगरपालिकाले लिने निर्णय गरेको छ। 

कर्मचारीहरुले आदेशको पालना गर्ने क्रममा घटना भएका कारण त्यसको सम्पूर्ण जिम्मेवारी उपमहानगरपालिकाले लिने निर्णय नगरसभाले सर्वसम्मत पारित गरेको हो। 

यस्तै नगरसभाको अवसरमा इन्टिग्रिटी आइकल–२०२० का विजेता जनस्वास्थ्य निरिक्षक आरती चौधरीलाई सम्मान गरिएको थियो। उनीनेपालगञ्ज स्वास्थ्य चौकीमा कार्यरत छिन्।

प्रकाशित मिति: : 2021-01-28 20:36:00

प्रतिकृया दिनुहोस्