'बाल क्लब प्रतिनिधि' छनोटका लागि मतदान

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल बैद्धीक दयानन्द मिसन एकेडेमीमा शैक्षिक शत्र २०७७ को 'बाल क्लब प्रतिनिधि' छनोटका लागि मतदान भएको छ।

 कक्षा ४ देखि कक्षा १० सम्मका कूल ५५० विद्यार्थीबीच मतदाता हुने भएको हो। 

अध्यक्ष , उपाध्यक्ष , सचिब र कोषाध्यक्षको लागी जम्मा १२ जनाको उमेदवारी परेको छ।

मतदान गरी छात्र र छात्रा प्रतिनिधि छनोट गर्दा जित्नेहरुले जिम्वेवारी वोध गर्ने र हार्नेहरुले हार स्वीकार गर्न सक्ने विकासको उत्पन्न हुने विद्यार्थी बताउँछन। 

विद्यालयमा साथीहरूलाई आवश्यक पर्ने कुराहरूमा सल्लाह दिने, झगडा हुन नदिने र प्रतिभा देखाउन चाहनेलाई प्रतिस्पर्धा गर्न दिने जस्ता  एजेन्डा लिएर उम्मेदवारी दिएको प्रतीस्पर्धीको भनाई छ।

बालबालिकाहरूलाई चुनाव के हो? मतदान कसरी गर्ने? सदर र बदर मत कसरी छुट्याउने र प्रजातान्त्रिक प्रक्रियाद्वारा आफनो प्रतिनिधि आफैले कसरी चयन गर्नेलगायतका विषयमा विज्ञ बनाउनका लागि यो चुनावी माहौल ल्याइएको प्रध्यानाध्यापक वेणु सिटौलाले बताए।
 

प्रकाशित मिति: : 2021-01-29 14:58:00

प्रतिकृया दिनुहोस्