मानवअधिकारवादीहरू जुलुसमा उफ्रिन व्यस्त छन्, सडकमा दुःख पाएका मान्छे चाहिँ देख्दैनन् : ओली (भिडियाे)

कमल प्रभात

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारवादीहरू सरकारविरुद्ध जुलुस निकाल्न व्यस्त भएकोे तर त्यही सडकमा दुःख पाएका मान्छे चाहिँ नदेख्ने गरेको बताएका छन्।

प्रधानमन्त्री ओली शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित मानव सेवा आश्रमद्वारा आयोजित कार्यक्रममा बोल्दै थिए। उनले भने, ‘मानवअधिकारवादी कसैको विरोध र समर्थन गरेर जुलुसमा उफ्रिन्छन्। उनीहरु सडकमा दुःख पाएका मान्छेलाई देख्दैनन्।’ 

प्रधानमन्त्री ओलीले आफू सडक–मानवमुक्त शहर बनाउँने अभियानमा लागेको बताएका छन्। ‘केही मानवअधिकारवादीले सडकमा दुःख पाएका मानिसलाई नदेखी खाली विरोध गरेर काममा अवरोध मात्रै गरेका छन्’, उनले भने। उनले यसै आर्थिक वर्षभित्र कसैले पनि सडकमा दुःख पाएको नदेख्ने उद्घोष दोहोर्याए।

‘म सडकमा कसैले दुःख पाएको देख्न चाहन्नँ। यदि कोही कसैले सडकमा दुःख पाएको देख्नुभयो भने नजिकको प्रहरीलाई खबर गर्नुहोस्’, उनले भने, ‘यदि अप्ठ्यारो परे मलाई खबर गर्नुहोस्। यो मेरो अभियान हो।’

ओलीले मेची–महाकाली यात्रा सडक आश्रित मानवहरुको उद्धार गरेर आएका युवा अभियान्तालाई धन्यवाद दिए। आफ्नो अभियानमा सहयोग गरेकोप्रति उनले मुक्तकण्ठले प्रशंशा समेत गरे।

प्रकाशित मिति: : 2021-01-29 18:43:00

प्रतिकृया दिनुहोस्