किन खाने कालो अंगूर?

सांकेतिक तस्बिर

अंगूर एक रसिला फल हो जुन केटाकेटीलगायत जवानदेखि वृद्धसम्मले खान रुचाउँछन्। यसको स्वाद खानमा जति मिठो हुन्छ, त्यतिनै स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।

तर अंगूरहरुमध्ये सबै भन्दा स्वास्थ्यको लागि राम्रो भनेको कालो अंगूर नै हो। यसमा ग्लुकोज, म्याग्नेशियम र साइट्रिक एसिड जस्ता थुप्रै पोषक तत्त्वहरू हुन्छन्, जुन शरीरलाई थुप्रै रोगहरूबाट जोगाउन सक्दछ।

यसमा एन्टिआक्सीडन्ट हुन्छ, जसले मुटुको दौड, रगत जोड्ने जस्ता समस्याहरूलाई रोक्छ। यो मुटुसम्बन्धी रोगहरूसँग लड्न धेरै फाइदाजनक हुन्छ। त्यसैले आउनुहोस्, चर्चा गरौं, यसबाट हुने फाइदाबारे। 

स्मृति बढाउँदछ
कालो अंगूरको प्रयोगले याददाश बलियो राख्दछ। यदि तपाईं आफ्नो स्मृति बलियो बनाउन चाहनुहुन्छ भने, कालो अंगूरको सेवन गर्ने गर्नुहोस्।

रगतमा इन्सुलिन बढाउँदछ
यो अंगूर मधुमेह बिरामीहरूका लागि लाभदायक छ। कालो अंगूरमा रेशेराटल नामको पदार्थ हुन्छ जसले रगतमा इन्सुलिन बढाउँदछ, जसले चिनीको स्तरलाई नियन्त्रण गर्न सक्छ।

कपालको लागि उत्तम  
यदि तपाईको कपाल सेतो छ वा धेरै कपाल झदछ भने कालो अंगूर खानुहोस। कालो अंगूरमा भिटामिन ई हुन्छ, जुन कपालको स्वास्थ्यको लागि राम्रो हो।

वजन नियन्त्रण 
यदि तपाईं बढ्दो तौलबाट चिन्तित हुनुहुन्छ भने, त्यसो भए कालो अंगूर खाने गर्नुहोस्। यसमा एन्टीआक्सीडन्टहरू हुन्छन् जसले शरीरबाट नराम्रो विषाक्त पदार्थहरू हटाउन मद्दत गर्दछ। र वजन घटाउन मदत गर्दछ। 


 

प्रकाशित मिति: : 2021-01-30 15:16:00

प्रतिकृया दिनुहोस्