गोड्सेको समर्थन गरेपछि कंगना रनौत पुनः विवादमा

कंगना रनौत बलिउड अभिनेत्री मात्रै होइनन्, उनी विवादको अर्को रुप पनि हुन्।

भारतीय अभिनेत्री रनौत कुनैपनि मुद्दामा ढुक्कसँग आफ्नो मत राख्छिन्। उनी बलिउडसँगै समसामयिक राजनीतिक विषयमा बोल्दा सामाजिक संजालमा विवादमा पर्ने गरिकी छन्। कहिलेकाहिँ उनी बढीनै ट्रोल हुने गर्छिन्।

रनौतले भारतीय सहीद दिवसको सन्दर्भमा गरेको ट्वीट यतिबेला चर्चामा छ। उनको त्यो ट्वीट नाथूराम विनायक गोडसेको सर्मथनमा गरिएको छ। रनौतले हरेक कथामा तीन पक्ष हुने बताएकी छन्। उनी लेख्छिन्, 'एउटा तपाईको, एउटा मेरो र अर्को सत्य। राम्रो कथाकार न बाधिएको हुन्छ, न त केही लुकाउछ नै।'

उनले भारतमा पढिने किताबहरु अपूर्ण रहेको बताइन्। गोडसेको तस्बिर राख्दै रनौतले भारतीय समाजमा गतल इतिहास पढाएको बारे टिप्पणी गरेकी हुन्। उनलाई कतिपयले सर्मथन गरेपनि थ्रपैले ट्रोल गर्ने गर्छन्।

रनौतले सर्मथन गरेका गोडसे भारतीय कट्टर हिन्दवादी थिए। राष्ट्रिय स्वयंमसेवक संघका सक्रिय सदस्य उनले, सन् १९४८ मा महात्मा गान्धीको गोली हानेर हत्या गरेका थिए। उनले गान्धीलाई भारत र पाकिस्तानको विभाजनमा मुस्लिम पक्षलाई समर्थन गरेको आरोप लगाएका थिए।

प्रकाशित मिति: : 2021-01-31 09:41:00

प्रतिकृया दिनुहोस्