कोरोना भाइरस संक्रमणबाट विदेशमा थप तीन नेपालीको निधन

File Photo
File Photo

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा  ३ जनाको संक्रमणका कारण निधन भएको हो। यो सहित विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ३ सय ३० जना पुगेको छ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार  शनिवार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५८ हजार ६ सय ९५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये  ५५ हजार ७ सय ९३ जना कोरोना मुक्त भएका छन्। यो कुल संक्रमितको ९४ प्रतिशत हो।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।  

यस्तै कोरोना भाइरसका कारण नेपालमा २ हजार २७ जनाको निधन भएको छ।

नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७० हजार ८ सय ५४ जना छ भने  २ लाख ६६ हजार ४८  जना अर्थात ९८.२ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

प्रकाशित मिति: : 2021-01-31 13:17:00

प्रतिकृया दिनुहोस्