सरकारी कार्यालयमा अनियमितताको जालो: सतर्कता केन्द्रमा ११ हजार उजुरी, छानबिन औपचारिकतामै सीमित

लोकान्तर

काठमाडाै‌ं
अजय अनुरागी

 

दाङको घोराही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले पदको दुरुपयोग गर्दै नियम, विधि, प्रक्रिया मिचेर करारमा कर्मचारी भर्ना गरेको भन्दै २०७७ असोज २ गते राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो।

केन्द्रले उक्त उजुरीमाथि छानबिन गर्नका लागि टोली नै गठन गर्‍यो । छानिवनका क्रममा उजुरीमा उल्लेख भएजस्तै विधि र प्रक्रिया मिचेको पाइएपछि सम्बन्धित कर्मचारी तथा नगरपालिकालाई केन्द्रले सचेत गरायो ।

छानबिनमा संलग्न रहेका राष्ट्रिय सतर्कता केन्द्रका प्रहरी निरीक्षक बुद्धिराम खनालका अनुसार कानून, नियम प्रक्रिया समेत मिचेर कर्मचारीहरू भर्ना गरेको पाइएको छ ।

करारमा मात्रै १२१ जना कर्मचारीलाई नियमविपरीत भर्ना गरिएको अनुसन्धानबाट खुलेको छ। विगतमा स्थानीय विकास मन्त्रालयद्वारा सञ्चालित 'एलजीसीडीपी' नामक एउटा परियोजनाको म्याद २०७५ सालमा नै सकिएको थियो। परियोजना सकिएपछि परियोजनामा कार्यरत २३ जना कर्मचारीहरूको जागिर पनि स्वतः समाप्त हुनुर्पर्ने हो, तर त्यहाँ भने ती कर्मचारीहरू हालसम्म कार्यरत रहेको पाइएको छ।

प्रकाशित मिति: : 2021-01-31 14:12:00

प्रतिकृया दिनुहोस्